You are viewing the translated version of निरीक्षकको काम, कर्तव्य र अधिकार.
Section 25
निरीक्षकको काम, कर्तव्य र अधिकार
(१) यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त निरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको पालना भए नभएको विषयमा अनुगमन गरी समितिमा सिफारिस गर्ने,
(ख) जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार, प्याकिङ्ग, पुनः प्याकिङ्ग वा जीवनाशक विषादीको विज्ञापनको काम गरिने स्थानमा प्रवेश गरी आवधिक वा आकस्मिक रूपमा निरीक्षण गरी समितिमा सिफारिस गर्ने,
(ग) अनुगमनको क्रममा मिसावट गरिएको वा कम गुणस्तरको जीवनाशक विषादी भेटिएमा त्यस्तो विषादीको बिक्री वितरण रोक्का राखे वा वितरण कक्षमा सिलबन्दी गर्ने,
(घ) कुनै व्यक्ति, संस्था वा निकायमा रहेका जीवनाशक विषादीसँग सम्बन्धित प्रमाणपत्र, इजाजतपत्र, अभिलेख लगायतका कागजात तथा प्रमाणको अध्ययन विश्लेषण गर्ने,
(ङ) तोकिए बमोजिमको प्रक्रिया अपनाई जीवनाशक विषादी तथा बालीको नमूना सङ्कलन र विश्लेषण गर्ने, गराउने,
(च) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लङ्घन भएको शङ्का लागेमा सोको अनुसन्धान गर्ने, गराउने र सो सम्बन्धी प्रतिवेदन केन्द्र समक्ष पेश गर्ने,
(छ) खण्ड (च) बमोजिम अनुसन्धान गर्दा ऐन तथा नियमावलीको उल्लङ्घन भएको पाइएमा त्यस्तो कार्यमा प्रयोग भएको उपकरण, जीवनाशक विषादी, अभिलेख, कागजपत्र वा अन्य सम्बन्धित सामग्री जफत गरी सम्बन्धित उल्लङ्घनकर्ता व्यक्तिलाई जफतको भरपाई दिने,
(ज) खण्ड (छ) बमोजिम जफत गरिएका जीवनाशक विषादीको सुरक्षित तवरले भण्डारण गर्ने व्यवस्था मिलाउने,
(झ) तोकिए बमोजिमका अन्य कार्य गर्ने।
(२) दफा २४ को उपदफा (१) बमोजिम नियुक्त निरीक्षकले आफूले सम्पादन गरेका कामको चौमासिक प्रतिवेदन केन्द्र र दफा २४ को उपदफा (२) बमोजिम नियुक्त निरीक्षकले आफूले सम्पादन गरेको कामको प्रतिवेदन प्रदेशको कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ।